शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै १९ लाख रूपैयाँ ठगी

मंगलबार, जेठ २० २०८२
रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै १९ लाख रूपैयाँ ठगी

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर बस्ने काठमाडौंको कागेश्वरी मनोहराकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १९ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ।


प्रकाशित : मंगलबार, जेठ २० २०८२१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend