शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वीरगञ्ज नाकाबाट १० महिनामा ५ खर्ब ६ अर्बको आयात र ७९ अर्ब रुपैयाँकाे सामान निर्यात

मंगलबार, जेठ २० २०८२
वीरगञ्ज नाकाबाट १० महिनामा ५ खर्ब ६ अर्बको आयात र ७९ अर्ब रुपैयाँकाे सामान निर्यात

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पर्छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्र एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल छ। जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ छ।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा पाँच खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन्। आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान आयात भएका हुन्।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पर्छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्र एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल छ। जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन्। चालु आवको १० महिनामा २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्।

सोही अवधिमा २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्। चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ। १० महिनामा ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएका छन्। जबकि गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक पुगेका थिए।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड रुपैयाँ बढीको निर्यात भएको हो। १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। याे अविधमा ४६ अर्ब ५३ करोड मूल्यकाे २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको हाे।

जबकि गत आवको सोही अवधिमा ९ करोड मूल्यको चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो। चालु आवको १० महिनामा सात अर्ब २७ करोड रुपैयाँको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको १० महिनामा १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो। रासस 


प्रकाशित : मंगलबार, जेठ २० २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend