शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, बजेटमाथिको छलफल प्रारम्भ हुने

मंगलबार, जेठ २० २०८२
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, बजेटमाथिको छलफल प्रारम्भ हुने

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ। दुवै सदनमा अर्थमन्त्रीद्वारा प्रस्तुत वार्षिक बजेट र अन्य विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।

काठमाडौं- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ। दुवै सदनमा अर्थमन्त्रीद्वारा प्रस्तुत वार्षिक बजेट र अन्य विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। पौडेलले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए।

त्यसैगरी, प्रतिनिधिसभामा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसबाहेक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट गरिएका संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्तावसहित त्यसलाई सहमति दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

दुवै सदनमा बजेटसम्बन्धी छलफल प्रारम्भ भएसँगै आगामी आर्थिक वर्षको नीतिगत तथा विधायन प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ। रासस

 


प्रकाशित : मंगलबार, जेठ २० २०८२०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend