शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सेवा सञ्चालन

सोमबार, जेठ १९ २०८२
पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सेवा सञ्चालन

विमानस्थलको आगमन कक्षबाहिरबाट काठमाडौंका प्रमुख होटलहरूसम्म पर्यटकहरूलाई निःशुल्क सटलमार्फत लैजाने व्यवस्था गरिएको छ।

काठमाडौं- नेपाल पर्यटन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने पर्यटकहरूको यात्रालाई सहज बनाउन निःशुल्क सटल बस सेवा सुरु गरेको छ।

हालै देशका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधनमा देखिएको अवरोध, हड्ताल र यातायात अवरुद्धताका कारण पर्यटकहरूलाई सहज आवागमनमा समस्या परिरहेका बेला बोर्डले यो सेवा सुरु गरेको हो।

अबदेखि विमानस्थलको आगमन कक्षबाहिरबाट काठमाडौंका प्रमुख होटलहरूसम्म पर्यटकहरूलाई निःशुल्क सटलमार्फत लैजाने व्यवस्था गरिएको छ।

पर्यटकहरूको स्वागत र उनीहरूको पहिलो अनुभवलाई सकारात्मक बनाउन बोर्डका प्रतिनिधिहरू विमानस्थलको आगमन क्षेत्रमा खटिइ पर्यटकहरूलाई आवश्यक जानकारी तथा सहयोग प्रदान गरिरहेका छन्।

पर्यटन बोर्डका अनुसार आगामी दिनमा यस्ता सेवा थप व्यवस्थित, प्रभावकारी र पर्यटकमैत्री बनाउँदै लैजाने योजना रहेको छ।

यो पहल नेपाल आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिने र नेपालको पर्यटन छविलाई बलियो बनाउने उद्देश्यका साथ सुरु गरिएको हो।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend