बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

भातबाट आयात गरिएको आँपमा अत्यधिक विषादी, धनगढी उपमहानगरले गर्‍याे नष्ट

images
सोमबार, जेठ १९ २०८२
images
images
भातबाट आयात गरिएको आँपमा अत्यधिक विषादी, धनगढी उपमहानगरले गर्‍याे नष्ट

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताए।

images
images

कैलाली- धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग भएको दुई हजार २६७ किलो आँप नष्ट गरेको छ। उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको आइतबार गरेएको संयुक्त अनुगमनमा विषादीको मात्रा अत्यधिक पाइएपछि नष्ट गरेकाे हाे।

images
images
images

नगरपालिकाका तीनवटा हाटबजार (फलफूल तथा तरकारी बजार) बाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिए। उनका अनुसार सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढीको चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमूना संकलन गरी परीक्षण गरिएको थियो।

images
images

थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउँछन्।

images
images
images

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताए। संयुक्त अनुगमनमा कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी नगरपालिकाका तीन हाट बजारबाट फलफूल तथा तरकारीहरूका १८ वटा नमूनाहरूमा आरबीपीआर विधिबाट विषादी अवशेष परीक्षण गरिएकाे थियाे।

आँपको एउटा नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले उक्त आँप नष्ट गरिएको हाे। यद्यपि करिब १७ वटा नमूनामा भने कैफियत पाइएको छैन। अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरी उक्त आँप नष्ट गरिएको उनले बताए। रासस 


प्रकाशित : सोमबार, जेठ १९ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend