शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

६ महानगरपालिकालाई ११ अर्ब ७६ करोड बजेट विनियोजन, पोखराले सबैभन्दा धेरै बजेट पाउँदा विराटनगरले पायो कम

सोमबार, जेठ १९ २०८२
६ महानगरपालिकालाई ११ अर्ब ७६ करोड बजेट विनियोजन, पोखराले सबैभन्दा धेरै बजेट पाउँदा विराटनगरले पायो कम

यस्तै, भरतपुर महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत २ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६ नगरपालिकालाई करिब ११ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत उक्त बजेट विनियोजन गरेको हो।

जसमा समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक र विषेश अनुदानअन्तर्गत खर्च गर्न पाउने गरी बजेट विनियोजन गरिएको हो।

आगामी आर्थिक वर्षका लागि सरकारले पोखरा महानगरपालिकालाई सबैभन्दा धेरै बजेट दिएको छ। यस महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ६४ करोड रुपैयाँ बजेट पाएको छ।

काठमाडौं महानगरपालिकाले पोखराभन्दा कम २ अर्ब २३ करोड रूपैयाँ मात्रै बजेट केन्द्रीय सरकारबाट पाएको छ।

यसैगरी, ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २० करोड बजेट पाएको छ।

यस्तै, भरतपुर महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत २ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ। 

वीरगञ्ज महानगरपालिकाका लागि केन्द्रले आगामी वर्ष १ अर्ब ३७ करोड बजेट दिने भएको छ।

नयाँ बजेटमार्फत सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको छ। यस महानगरका लागि सरकारले १ अर्ब १७ करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरेको छ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend