बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

पर्यटकीय गाउँ धम्पुसमा पक्की सडक

images
सोमबार, जेठ १९ २०८२
images
images
पर्यटकीय गाउँ धम्पुसमा पक्की सडक
फाइल तस्बिर

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी) को ३० करोड १८ लाख ९४ हजार रुपैयाँलागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो।

images
images

कास्की- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-७ को पर्यटकीय गाउँ धम्पुस कालोपत्र सडक सञ्जालले जोडिने भएको छ। मध्यपहाडी राजमार्गको हेमजा घट्टेखोलादेखी धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो।

images
images
images

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी) को ३० करोड १८ लाख ९४ हजार रुपैयाँलागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो।

images
images

आरसीआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको जानकारी दिए। निर्माण कम्पनीले हाल खानी गाउँदेखी सडक स्तरोन्नति काम सुरु गरिएको उनकाे भनाइ छ।

images
images
images

माछापुच्छ्रे-७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका १० वटै टोल लाभान्वित हुने बताउँछन्। साथै माछापुच्छ्रे-८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुनेछ।

वडाध्यक्ष भण्डारीले भन्छन्, ‘यस सडक बनाउनका लागि धेरै पहल भयो। यसै क्षेत्रका प्रदेशसभा सदस्य गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बरालको समयमा यसले मूर्तरुप लिएको हो। गाउँपालिका, धम्पुसवासीको निरन्तरको मेहिनत सफल भएको छ। सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ।’

निर्माण कम्पनीका नरेन्द्र बाँस्तोलाले एक महिनादेखि सडक निर्माण सुरु भएको जानकारी दिए। ठेक्का सम्झौताभित्र नै बाटो निर्माण गरिने उनको भनाइ छ। खानीगाउँ र घट्टेखोला दुवैतर्फबाट बाटो निर्माण गर्ने भएकाले तोकिएको म्यादभित्रमा पूरा हुने दाबी बाँस्ताेलाले गरे।

घट्टेखोला-धम्पुस-खानीगाउँ सडकको वि.सं. २०६१ मा ट्रयाक खुलेको हो। पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीयसमेत उत्साहित भएका छन्। धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मार्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धारसमेत हो।

धम्पुसबाट दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनका लागि पर्यटक धम्पुस पुग्ने गरेका छन्। पर्यटक आगमन बढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु  खुलिसकेका छन्। रासस


प्रकाशित : सोमबार, जेठ १९ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend