शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता सुरु

सोमबार, जेठ १९ २०८२
सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता सुरु

गृहमन्त्री रमेश लेखकले वार्ताको सुरुवातमै दुवै पक्षको चासो र सरोकारलाई सम्बोधन गर्दै सहज वातावरणमा संवादमार्फत सहमतिको बाटो निकाल्न आग्रह गरेका छन्।

काठमाडौं- गृहमन्त्री रमेश लेखकको पहलमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता तथा छलफल सुरु भएको छ।

विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीहरूसँग माग सम्बोधन तथा समस्याको समाधान खोज्न मन्त्री लेखकको समन्वयमा सोमबार मन्त्रालयमा बैठक सुरु भएको हो।

वार्तामा गृह मन्त्रालयका उच्च अधिकारी, यातायात व्यवस्था विभागका प्रतिनिधि, ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा व्यवसायी संघ-संस्थाका पदाधिकारीहरू सहभागी छन्।

व्यवसायीहरूले खासगरी गण्डकी प्रदेश सरकारले लिएको नीतिकाे विरोध गर्दै आएका छन्। निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानूनी मान्यता दिन नहुनेलगायत माग व्यवसायीका छन्।

गृहमन्त्री लेखकले वार्ताको सुरुवातमै दुवै पक्षको चासो र सरोकारलाई सम्बोधन गर्दै सहज वातावरणमा संवादमार्फत सहमतिको बाटो निकाल्न आग्रह गरेका छन्।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend