शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सार्वजनिक यातायात बन्द हुँदा यात्रु मर्कामा, काठमाडौंका सडक सुनसान

सोमबार, जेठ १९ २०८२
सार्वजनिक यातायात बन्द हुँदा यात्रु मर्कामा, काठमाडौंका सडक सुनसान

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न अनुमति दिनेगरी नियमावली ल्याएको विरोधमा नेपालभर सार्वजनिक यातायात ठप्प पारिएको हो।

काठमाडौं-देशभरका यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेपछि यात्रुहरू मर्कामा परेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न अनुमति दिनेगरी नियमावली ल्याएको विरोधमा नेपालभर सार्वजनिक यातायात ठप्प पारिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सातवटै प्रदेशमा कालो नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा नआएको जानकारी दिए। उनले भने, 'प्रदेश सरकारले ल्याएको नियमावली व्यवसायविरोधी भएकाले आन्दोलनमा उत्रिनुपरेको हो।'

काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक यातायात नचलेपछि यात्रुहरू बिहानैदेखि बस स्टपमा गाडीको प्रतिक्षामा देखिएका छन्। कोही पठाओ सेवामा चढेर गन्तव्यतर्फ लागेका छन् भने कोही पैदलै यात्रा गरिरहेका छन्।

उपत्यकाका सडकमा केही निजी सवारी साधन र फाट्टफुट्ट ट्याक्सी मात्र चलेका छन्। सधैं व्यस्त हुने सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अघिल्ला दिनहरूको तुलनामा आज सार्वजनिक सवारी निकै कम चलेका छन्।

यस आन्दोलनको प्रभाव देशभर देखिएको छ भने यात्रु, मजदुर र दैनिक कामकाजी वर्ग विशेष रूपले प्रभावित भएका छन्। यता, सरकार भने नियमावली फिर्ता नलिने अडानमा रहेको  छ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend