काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ।
गएको शुक्रबार प्रतितोला एक लाख ८८ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी आज प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।