शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक पक्राउ

आइतबार, जेठ १८ २०८२
बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक पक्राउ

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं- बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्।

६५ वर्षीय रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

सल्यान घर भइ हाल बाँके, नेपालगञ्ज बस्ने रायले बैंकका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवं पटकपटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैंकमा संकलन भएको बचतकर्ताहरुको २ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : आइतबार, जेठ १८ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend