शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कच्चा तेलमा भारतले घटायो भन्सार, नेपालबाट प्रशोधित तेलको निर्यात संकटमा

आइतबार, जेठ १८ २०८२
कच्चा तेलमा भारतले घटायो भन्सार, नेपालबाट प्रशोधित तेलको निर्यात संकटमा

चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले भारतलाई निर्यात गरेको सवा २ खर्ब रुपैयाँ बराबरको वस्तुमध्ये झन्डै आधा हिस्सा खाने तेल मात्रै थियो।

काठमाडौं- भारतले कच्चा खाने तेल आयातमा लाग्दै आएको भन्सार महसुलमा १० प्रतिशतले कटौती गरेसँगै नेपाली तेल उद्योगमा निर्यात संकट देखिएको छ।

सो निर्णयले भारतीय प्रशोधन उद्योगलाई प्रतिस्पर्धात्मक फाइदा पुग्ने देखिएको छ भने नेपालबाट भारततर्फ हुने सोयाबिन, सूर्यमुखी र पाम आयलको निर्यातमा गम्भीर असर पर्ने अनुमान गरिएको छ।

चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले भारतलाई निर्यात गरेको सवा २ खर्ब रुपैयाँ बराबरको वस्तुमध्ये झन्डै आधा हिस्सा खाने तेल मात्रै थियो। सो अवधिमा नेपालले ७८ अर्ब ७५ करोड रुपैयाँ बराबरको सोयाबिन तेल, १० अर्ब ९ करोडको सूर्यमुखी तेल र १ अर्बको पाम आयल गरी कुल ८९ अर्ब ८४ करोड रुपैयाँको प्रशोधित खाने तेल भारत पठाएको थियो।

तर, भारतले अब कच्चा तेलमा भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याएपछि त्यहाँको प्रशोधन लागत घट्नेछ। यसले भारतमा उत्पादित खाने तेल सस्तो हुन सक्ने र नेपालबाट आयात गरिने प्रशोधित तेलको माग घट्न सक्ने देखिएको छ। यससँगै भारतले कच्चा तेलमा कुल शुल्क (भन्सार, कृषि पूर्वाधार विकास शुल्क र सामाजिक कल्याण शुल्क सहित) २७.५ प्रतिशतबाट घटाएर १६.५ प्रतिशतमा ल्याएको हो।

नेपालमा प्रशोधित तेल उद्योग, विशेषगरी सोयाबिन र सूर्यमुखी तेल प्रशोधनमा आश्रित उद्योगहरू, भारतको यही नीतिले संकटमा पर्न सक्ने देखिन्छ।


प्रकाशित : आइतबार, जेठ १८ २०८२०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend