शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अटोमाबाइल क्षेत्रमैत्री बजेट आयो : नाडा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ १७ २०८२
अटोमाबाइल क्षेत्रमैत्री बजेट आयो : नाडा

खासगरी आगामी आर्थिक वर्षको बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौँ देखिको माग र आवाजलाई समेटेको नाडाको भनाइ छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सरकार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटले अटोमोबाइल क्षेत्रलाई गरेको सम्बोधन सकारात्मक भएको जनाएको छ। 

नेपालको अटोमोबाइल व्यवसायलाई गतिशिल एवं चलायमान बनाउन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो। नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोबाइलमैत्री आएको नाडाले शुक्राबार विज्ञप्तिमार्फत जनाएको हो। 

खासगरी आगामी आर्थिक वर्षको बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौँ देखिको माग र आवाजलाई समेटेको नाडाको भनाइ छ। 

‘यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउदो मोद्रिक नीतिसमेत यसै अनुरुप आउने अपेक्षासमेत राखेका छौँ,’ नाडाले भनेको छ। 

नाडाको आवाजलाई सरकारले बजेटमार्फत सम्बोधन गरेकोमा अटोमोबाइल व्यवसायीले सरकारलाई आभारसमेत व्यक्त गरेको छ। 


प्रकाशित : शनिबार, जेठ १७ २०८२१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend