शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आईएमई मोटर्सको स्वरोजगार अभियान, गुरुजीबाट साहुजी योजना 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
आईएमई मोटर्सको स्वरोजगार अभियान, गुरुजीबाट साहुजी योजना 

आफै सवारी धनी हुन चाहनेहरुका लागि यो अभियान ल्याइएको आईएमई मोटर्सका सीईओ हेमन्त पुरानिकले बताएका छन्। 

काठमाडौं- आईएमई मोटर्सले स्वरोजगार अभियान सुरु गरेको छ। नेपालका लागि अशोक लेलैन्डको आधिकारिक बिक्रेता आईएमई मोटर्सले गुरुजीबाट साहुजी बनाउने भन्दै यो योजना ल्याएको हो। 

यो योजना अन्तर्गतअशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिना धितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ। यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन्। 

यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित भएको कम्पनीले बताएको छ। 

'त्यसैले हामीले यसलाई 'गुरुजी बाट साहुजी' योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ। 

यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ। त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन्। नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ।  

आफै सवारी धनी हुन चाहनेहरुका लागि यो अभियान ल्याइएको आईएमई मोटर्सका सीईओ हेमन्त पुरानिकले बताएका छन्। 

'यो अफर यातायात/ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर हो। ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो। यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर हो' उनले भनेका छन्। 

 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend