शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अन्योलमै रहेको एमसीसीबाट ५ अर्ब ६८ करोड रुपैयाँ आउने अनुमानमा सरकार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १६ २०८२
अन्योलमै रहेको एमसीसीबाट ५ अर्ब ६८ करोड रुपैयाँ आउने अनुमानमा सरकार

चालु वर्षको बजेटमा भने एमसीसीबाट ९ अर्ब अनुदान आउने अनुमान गरिएको थियो। अनुमान घटाएपनि सहायता निरन्तर हुने विश्वासमा सरकालरे स्रोत अनुमान गरेको छ।

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी निरन्तर हुने वा नहुने भन्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी नआएपनि सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा उक्त परियोजनाबाट अनुदान आउने अनुमान गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा अमेरिकको अर्को सहता निकाय युएसएडको स्रोत कटाएपनि एमसीसीबाट भने ५ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ आउने स्रोत अनुमान गरिएको छ। 

बजेटको अनुसूचीमा दातृ निकायबाट प्राप्त हुने ऋण तथा अनुदानको अनुमानमा एमसीसीबाट ५ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ अनुदान आउने र सोझै भुक्तानी हुने वर्गमा राखिएको छ। 

चालु वर्षको बजेटमा भने एमसीसीबाट ९ अर्ब अनुदान आउने अनुमान गरिएको थियो। अनुमान घटाएपनि सहायता निरन्तर हुने विश्वासमा सरकालरे स्रोत अनुमान गरेको छ। 

एमसीसी अहिले होल्डमा रहेको छ। अमेरिकाले सबै सहायतासँगै एमसीसीमा पनि पुनर्विचार गर्ने भन्दै तत्कालका लागि कुनै पनि दायित्व सिर्जना नगर्न भनिसकेको छ। यस्तोमा सरकारले भने स्रोतमा अनुमान गरेको हो। 


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend