काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी निरन्तर हुने वा नहुने भन्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी नआएपनि सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा उक्त परियोजनाबाट अनुदान आउने अनुमान गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा अमेरिकको अर्को सहता निकाय युएसएडको स्रोत कटाएपनि एमसीसीबाट भने ५ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ आउने स्रोत अनुमान गरिएको छ।
बजेटको अनुसूचीमा दातृ निकायबाट प्राप्त हुने ऋण तथा अनुदानको अनुमानमा एमसीसीबाट ५ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ अनुदान आउने र सोझै भुक्तानी हुने वर्गमा राखिएको छ।
चालु वर्षको बजेटमा भने एमसीसीबाट ९ अर्ब अनुदान आउने अनुमान गरिएको थियो। अनुमान घटाएपनि सहायता निरन्तर हुने विश्वासमा सरकालरे स्रोत अनुमान गरेको छ।
एमसीसी अहिले होल्डमा रहेको छ। अमेरिकाले सबै सहायतासँगै एमसीसीमा पनि पुनर्विचार गर्ने भन्दै तत्कालका लागि कुनै पनि दायित्व सिर्जना नगर्न भनिसकेको छ। यस्तोमा सरकारले भने स्रोतमा अनुमान गरेको हो।