शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१० लाखको क्यापमा बिल स्प्लिट गरेर छली भएपछि सुनका सबै गहनामा विलासी कर

शुक्रबार, जेठ १६ २०८२
१० लाखको क्यापमा बिल स्प्लिट गरेर छली भएपछि सुनका सबै गहनामा विलासी कर

१० लाखको क्यापले गर्दा इमानदारहरूले कर तिर्ने तर चलाहरू उम्किने भएको भन्दै सरकारले आर्थिक विधेयकमार्फत् सबै सुनका गहनामा २ प्रतिशत बिलासी कर लगाएको हो। अबदेखि प्रत्येक गहना खरिदमा २ प्रतिशत यस्तो कर लाग्ने छ।

काठमाडौं- दश लाख रुपैयाँभन्दा बढीका सुनका गहनामा लाग्दै आएको विलासी कर अबदेखि सबै गहनामा लाग्ने भएको छ। 

यसअघि सरकारले ल्याएको कर नीतिको लुपहोल प्रयोग गर्दै करछली भएर संकलन नै नभएपछि सबै गहनामा विलासी कर लगाइएको हो। 

दश लाख रुपैयाँभन्दा धेरै मूल्य भएका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहना बिक्रेताले नै बिक्रीको समयमा मूल्यको २ प्रतिशतका दरले शुल्क लगाएर असुल गर्नुपर्ने कार्यविधि बनेको थियो। तर यो शुल्कबाट बच्नका लागि बिल स्प्लिट गर्ने गरिएको थियो।

जस्तो कुनै पनि ग्राहकले विवाहका लागि १० लाख रुपैयाँभन्दा धेरै मूल्यको गहना खरिद गर्नुपर्ने भएमा बेहुला वा बेहुलीको नामबाट बिल बनाएर कर उन्मुक्ति लिने गर्दा संकलन नै प्रभावकारी भएको थिएन। 

१० लाखको क्यापले गर्दा इमानदारहरूले कर तिर्ने तर चलाखहरू उम्किने भएको भन्दै सरकारले आर्थिक विधेयकमार्फत् सबै सुनका गहनामा २ प्रतिशत विलासी कर लगाएको हो। अबदेखि प्रत्येक गहना खरिदमा २ प्रतिशत यस्तो कर लाग्ने छ। 


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend