शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

१० लाखको क्यापमा बिल स्प्लिट गरेर छली भएपछि सुनका सबै गहनामा विलासी कर

images
शुक्रबार, जेठ १६ २०८२
images
images
१० लाखको क्यापमा बिल स्प्लिट गरेर छली भएपछि सुनका सबै गहनामा विलासी कर

१० लाखको क्यापले गर्दा इमानदारहरूले कर तिर्ने तर चलाहरू उम्किने भएको भन्दै सरकारले आर्थिक विधेयकमार्फत् सबै सुनका गहनामा २ प्रतिशत बिलासी कर लगाएको हो। अबदेखि प्रत्येक गहना खरिदमा २ प्रतिशत यस्तो कर लाग्ने छ।

images
images

काठमाडौं- दश लाख रुपैयाँभन्दा बढीका सुनका गहनामा लाग्दै आएको विलासी कर अबदेखि सबै गहनामा लाग्ने भएको छ। 

images
images
images

यसअघि सरकारले ल्याएको कर नीतिको लुपहोल प्रयोग गर्दै करछली भएर संकलन नै नभएपछि सबै गहनामा विलासी कर लगाइएको हो। 

images
images

दश लाख रुपैयाँभन्दा धेरै मूल्य भएका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहना बिक्रेताले नै बिक्रीको समयमा मूल्यको २ प्रतिशतका दरले शुल्क लगाएर असुल गर्नुपर्ने कार्यविधि बनेको थियो। तर यो शुल्कबाट बच्नका लागि बिल स्प्लिट गर्ने गरिएको थियो।

images
images
images

जस्तो कुनै पनि ग्राहकले विवाहका लागि १० लाख रुपैयाँभन्दा धेरै मूल्यको गहना खरिद गर्नुपर्ने भएमा बेहुला वा बेहुलीको नामबाट बिल बनाएर कर उन्मुक्ति लिने गर्दा संकलन नै प्रभावकारी भएको थिएन। 

१० लाखको क्यापले गर्दा इमानदारहरूले कर तिर्ने तर चलाखहरू उम्किने भएको भन्दै सरकारले आर्थिक विधेयकमार्फत् सबै सुनका गहनामा २ प्रतिशत विलासी कर लगाएको हो। अबदेखि प्रत्येक गहना खरिदमा २ प्रतिशत यस्तो कर लाग्ने छ। 


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend