शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निर्माणको काम समयमै सक्न अर्थ मन्त्रालयमा समन्वय संयन्त्र बनाउन सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
निर्माणको काम समयमै सक्न अर्थ मन्त्रालयमा समन्वय संयन्त्र बनाउन सुझाव

काठमाडौं- प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सुनुवारले राष्ट्रिय गौरवका आयोजनाहरुमा आर्थिक अभाव हुन दिन नहुने बताए।

राष्ट्रिय गौरवका आयोजनाका साथसाथै निर्माणको अन्तिम चरणमा पुगेका सडकहरुलाई निर्माण सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए। साना साना कमिकमजोरीका कारण निर्माण सम्पन्न हुन लागेका सडक निर्माणमा ढिलाई हुन नदिन सम्बन्धित मन्त्रालयले ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले ठुला आयोजनाहरुलाई निर्माणका क्रममा आर्थिक लगायतका समस्या हुन नदिनका लागि मास्टरप्लान बनाउँदा नै बिचार पुर्‍याउनुपर्ने बताए। सम्भावित् समस्या तथा अवरोधहरुको अध्ययन गरेर मात्रै टेण्डर आव्हान गर्नसके पछि समस्या नपर्ने उनले उल्लेख गरे।

उनले नेपालमा राजमार्गहरू बनाउँदा मास्टरप्लान नबनाउने गरेकाले समस्या देखा पर्ने गरेको बताए। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend