शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १६ २०८२
रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षमा गर्दै रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ लाग्ने बताएका हुन्।

काठमाडौं- सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याउने भएको छ। 

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षमा गर्दै रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ लाग्ने बताएका हुन्। लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उनले बताए।

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताए। 

पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ। यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलको भनाइ थियो। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend