मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

१०० प्रतिशत लाभांश दिएको हिमालयन डिष्टिलरीले नाफामा छलाङ, तर किन घट्यो सेयर मूल्य?

images
शुक्रबार, माघ २८ २०७८
images
१०० प्रतिशत लाभांश दिएको हिमालयन डिष्टिलरीले नाफामा छलाङ, तर किन घट्यो सेयर मूल्य?
images
images

काठमाडौं- सेयरधनीलाई १०० प्रतिशत लाभांश दिएको हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उत्कृष्ट नाफा गरेको छ। कम्पनीले पहिलो ६ महिनामा गतवर्ष भन्दा १६.३७ प्रतिशत बढी नाफा कमाएको हो। कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

images
images
images

गतवर्ष कम्पनीले ३९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ६०.९५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटकवर्थ १४८.२ रुपैयाँ पुगेको छ।  

images
images

कम्पनीले ७५ प्रतिशत सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको छ। कम्पनीले अर्कोपटक पनि लाभांश राम्रै दिने गरी नाफा आर्जन गरेको छ। गत वर्ष ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

images
images

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

कम्पनीको दोस्रो बजारमा बिहीबार प्रतिकित्ता ४६०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार मूल्य प्रतिकित्ता १५ रुपैयाँले घटेको थियो। समग्र बजार घटेकोले हिमालयनको पनि सेयर मूल्य घटेको हो।

कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ७९३८ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम ३८७९ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend