शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आफ्ना सुझाव समेटिएको भन्दै निजी क्षेत्रद्वारा बजेटको स्वागत

बिहीबार , जेठ १५ २०८२
आफ्ना सुझाव समेटिएको भन्दै निजी क्षेत्रद्वारा बजेटको स्वागत

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए।

काठमाडौं- निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महासंघले दिएका धेरै सुझाव समेटिएको बताए।

'निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढंगबाट बजेट आएको छ, महासंघले लगानी प्रवर्द्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ' उनले भने।

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए।

'यो बजेटलाई महत्वकांक्षी रुपमै लिएको छु। निजी क्षेत्रले दिएका धेरै सुझाव र माग बजेटमा परेका छन्। अहिलेको विषयम परिस्थितिमा स्रोत बाँडफाँट प्रणाली राम्रो छ। राजस्व संकलनको प्रक्षेपण पनि ठीकै छ' उनले भने।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरलले मुलुकको अर्थतन्त्रको दवावकाबीचमा ल्याइएको बजेटमा निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई अनुसरण गरिएको प्रतिक्रिया दिए।

'निजी क्षेत्रलाई उत्साह दिन खोजिएको पाइएको छ, सरसर्ती हेर्दा बजेट सकारात्मक दिशातर्फउन्मुख छ। उद्यमशीलतालाई जोड दिन खोजिएको छ' उनले भने।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै कुरा समेटिएको र राम्रो बजेट आएको बताए। 'नेपालीलाई विदेशमा लगानी गर्न पाउने बाटो खुलेको छ, हामीले यसलाई बारम्बार उठाउँदै आएका थियौँ', उनले भने।

चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले राजस्व संकलनमा कठिन देखिएको भए पनि समग्रमा आईटी क्षेत्रलाई समेटिएर आएको बजेट राम्रो रहेको प्रतिक्रिया दिए।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend