शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यस्ता छन् पूर्वाधारमा बजेटको घोषणा

बिहीबार , जेठ १५ २०८२
यस्ता छन् पूर्वाधारमा बजेटको घोषणा

सहरी तथा संवेदनशील भू-बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड, गिट्टी र वालुवा प्रयोग गरी आरसीसी ढलानसहित कालोपत्रे गरिने उल्लेख छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार निर्माणमा विभिन्न घोषणाहरू गरेका छन्। 

आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीब्रता दिइने, सुरक्षित र भरपर्दो आवागमनको लागि दिगो सडक सञ्‍जालको विस्तार गरिने साथै द्रुतमार्ग, अन्डरपास र ओभरपास जस्ता आधुनिक पूर्वाधारहरूको निर्माणलाई तीब्रता दिइने उल्लेख गरिएको छ।

यस्तै आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा मात्र सडकका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइने साथै सडक पूर्वाधार निर्माण गर्दा सुरूङ प्रविधिको प्रयोग विस्तार गर्दै लगिने उल्लेख छ।

सहरी तथा संवेदनशील भू-बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड, गिट्टी र वालुवा प्रयोग गरी आरसीसी ढलानसहित कालोपत्रे गरिने उल्लेख छ।

यस्ता छन् पूर्वाधारमा बजेटको घोषणा -

- २१० मेगावाट क्षमताको चैनपुर सेती र १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण प्रारम्भ गरिने

- प्रसारण लाइन विस्तार तथा वितरण आयोजनाका लागि १३ अर्ब १८ करोड विनियोजन 

- वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड विनियोजन 

- सिक्टा र बृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि ८ अर्ब ५० करोड 

- भेरी-बबई डाइभर्सन आयोजनाका लागि २ अर्ब ७ करोड 

- सुनकोसी मरिण डाइभर्सनका लागि २ अर्ब ७३ करोड 

- मनसुनजन्य विपद र भुकम्पीय प्राकोपबाट प्रभावित सिँचाइ क्षेत्र पुननिर्माण गर्न ५ अर्ब ५९ करोड

- आर्थिक वर्षको अन्यसम्म ४ हजार ८ सय मेगावाट विद्युत उत्पादन गर्ने 

- ७३२ किलोमिटर डबल सर्किट राष्ट्रि प्रसारणलाइन निर्माण गर्ने 

- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी वुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन

- नागढुंगा र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड 

- पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडक स्तरोन्नति सुरु गर्न २१ अर्ब १९ करोड विनियोजन 

- सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा विस्तार सुरु गरिने

- मध्यपहाडी राजमार्गको दूरी, लागत दुर्घटना घटाउन राजमार्गको रेखांकन परिमार्जन गरिने। साथै सुरुङ र भायाडक्टसहितको डेडिकेटेड डबल लेनमा स्तरोन्नतिको पूर्वतयारी गर्न ३ अर्ब ९४ करोड  

- काठमाडौं-तराई-मधेस द्रुतमार्गका लागि २४ अर्ब ४९ करोड 

- आँबुखैरेनी-पोखरा सडक खण्डलाई ८ अर्ब ५२ करोड 

- कर्णाली करिडोरलाई १ अर्ब १७ करोड 

- मदन भण्डारी राजमार्गका लागि २ अर्ब ५१ करोड 

- रसुवा-गल्छी सडकका लागि २ अर्ब ५६ करोड 

- चक्रपथको कलंकी-बसुन्धरा खण्डलाई १ अर्ब २४ करोड  

- बीपी राजमार्गलाई ३ अर्ब १८ करोड 

- निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र राणनीतिक सडकमा सिर्जित दायित्व आगामी आवमा फरफारक गरिने। जसका लागि २१ अर्ब ८ करोड विनियोजन 

- न्यूजलपाइगुडी-काँकडभिट्टा, नौतवना-भैरहवा र नेपालगन्जरोड-नेपालगन्ज जोड्ने रोलमार्ग निर्माण तयारी सुरु गर्ने 

- नागढुंगा, सिद्धबाबा र फाष्ट ट्रयाकमा पर्ने तीन वटै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने 

- राष्ट्रिय गौरव र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्र र १७१ वटा मोटोरेवल पुल निर्माण गर्ने

- निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित सहर विकास गरिने 

- काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने 

- स्थानीय तहका निर्माणाधीन १२९ वटा प्रशासकिय भवन सम्पन्न गर्न १ अर्ब विनियोजन 

- काठमाडौं उपत्यकाभित्रका करिडोर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड 

- मध्यपहाडी राजमार्गका १० स्थानमा नयाँ सहर निर्माण गर्न १ अर्ब ७० करोड 

- सघन सहरी विकासका लागि ५ अर्ब ३६ करोड 

- झोलुंगे पुलका लागि ८ अर्ब ९० करोड 

- नगर विकास कोषको पुनर्संरचना गर्न बजेट १ अर्ब २ करोड 

- जनता आवास कार्यक्रमअन्तर्गत ५ हजार घरमा फुसको छाना हटाउन ७५ करोड 

- सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गरिने 

काठमाडौं उपत्यकामा खानेपानी प्रणाली विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन 

तराई-मधेशका २८० वटा अधुरा खानेपानी आयोजना पूरा गर्ने 

९८ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी सेवाको पहुँच पुर्‍याउने 

खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड विनियोजन 

मनसुन र भूकम्पजन्य विपदबाट क्षतिभएका निजी आवाससहित पूर्वाधार संरचनाका लागि १८ अर्ब ५० करोड


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend