शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

काँकडभिट्टा-इटहरी रेलमार्गको लागि आवश्यकभन्दा बढी जग्गा फुकुवा हुने

बिहीबार , जेठ १५ २०८२
काँकडभिट्टा-इटहरी रेलमार्गको लागि आवश्यकभन्दा बढी जग्गा फुकुवा हुने

तमोर कोरिडोर र दमक चिसापानी सडकको स्तरोन्नतिमा सरकारले प्राथमिकता दिएको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को बजेटमा काँकडभिट्टादेखि इटहरीसम्म रेलमार्ग निर्माणको लागि अधिग्रहण भएको आवश्यकभन्दा बढी जग्गाको फुकुवा हुने भएको छ।

यससँगै काँकडभिट्टा-लौकही सडक आयोजनाले अधिग्रहण गरेका जग्गाका धनीहरूले राहत पाउने भएका छन्। झापा, मोरङ र सुनसरीमा जग्गा अधिग्रहणपछि हजारौँ जग्गाधनीहरू समस्यामा पर्दै आएका थिए।

धरानदेखि लेउतीसम्म सुरुङ मार्ग निर्माण गर्ने विषयमा भने सरकारले प्रक्रिया अगाडि बढाउने भएको छ।

धरानको खानेपानीको शीर्षक उल्लेख नभएपछि खानेपानीलाई आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

यसअघि कोशी प्रदेश सरकारले दुई आर्थिक वर्षमा निरन्तर समावेश गरेको सुरुङ मार्ग संघीय सरकारले समेत उल्लेख गरिसकेको आयोजना हो। तथापि निर्माणको प्रक्रिया अगाडि बढेको छैन।

त्यस्तै, झापाको दमक र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई व्यवस्थित गरिने भएको छ। तमोर कोरिडोर र दमक चिसापानी सडकको स्तरोन्नतिमा सरकारले प्राथमिकता दिएको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend