शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

नारायणघाट-बुटवल सडक : चाहिनेभन्दा बढी रुख काटिएको भन्दै छानबिन

images
शुक्रबार, माघ २८ २०७८
images
नारायणघाट-बुटवल सडक : चाहिनेभन्दा बढी रुख काटिएको भन्दै छानबिन
images
images

काठमाडौं- नारायणघाट-बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरूमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ।

images
images
images

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रतिनिधि समितिको शुक्रबारको बैठकले नारायणघाट-बुटवल सडकखण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरूमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

images
images

आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आँकडा पेश गरिएको समितिको ठहर छ। निर्देशन दिँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘नारायणघाट-बुटवल सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डीपीआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुखहरू काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेश भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आकँडा पेश गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’

images
images

त्यसैगरी बैठकले छिमेकी राष्ट्रहरूबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तुहरू बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परिक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति खड्काले भनिन्- ‘छिमेकी राष्ट्रबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक सवारी साधनहरूले सवारी साधनको निर्धारित मापदण्ड र सडकको पारवहन क्षमताभन्दा बढी मालवस्तुहरू लोड भए, नभएको सम्बन्धमा भन्सार नाका प्रवेश गर्दाकै अवस्थामा अनिवार्य रुपमा परिक्षण गर्नेगरी नीतिगत व्यवस्था मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ। साथै यस्तो नीतिगत व्यवस्थाका लागि आवश्यक समन्वय र पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएकाले भुक्तानी समस्या समाधान हुनेगरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। निर्माण सामग्रीहरूको सहज उपलब्धता हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ। 

समितिले समितिबाट स्थलगत अध्ययन, अवलोकन भ्रमण भई तयार पारिएको नारायणघाट-बुटवल सडकखण्डको स्थलगत अध्ययन, अवलोकन भ्रमण प्रतिवेदन २०७८ र मदन भण्डारी लोकमार्गको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७८ लाई पारित गर्दै प्रतिवेदनले निर्दिष्ट गरेका विषयमा कार्यान्वयनका लागि सो प्रतिवेदन सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरूमा पठाउने निर्णय पनि गरेको छ।


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend