शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगरिने

बिहीबार , जेठ १५ २०८२
राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगरिने

पूर्वाधार आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नगरी भेरिएसन गरेर लागत बढाउने प्रवृत्ति रहेको छ। यो रोक्नका लागि सरकारले बजेटमार्फत कडाइ गर्न लागेको हो।

काठमाडौं- सरकारले राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेट रकमान्तर नगर्ने भएको छ। 

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेको हुन्।

खर्च गर्न नसकेपछि सरकारले राष्ट्रिय गौरवका आयोजनाको समेत बजेट रकमान्तर गर्ने गरेको थियो। 

त्यस्तै, सरकारले सबै तयारी नपुगेका र अतिरिक्त दायित्व सृजना गर्ने आयोजना प्रमुख वा सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाउने बताएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो।

पूर्वाधार आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नगरी भेरिएसन गरेर लागत बढाउने प्रवृत्ति रहेको छ। यो रोक्नका लागि सरकारले बजेटमार्फत कडाइ गर्न लागेको हो।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend