शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल टेलिकमको थप ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने, सञ्चालन गर्न रणनीतिक साझेदार ल्याउने

बिहीबार , जेठ १५ २०८२
नेपाल टेलिकमको थप ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने, सञ्चालन गर्न रणनीतिक साझेदार ल्याउने

साझेदार ल्याउने र सेयर बिक्री गर्ने यसअघि नै घोषणा गरिएको थियो तर अहिलेसम्म कार्यान्वयन भएको छैन।

काठमाडौं- नेपाल टेलिकममा सरकारको बहुमत स्वामित्व कायम रहनेगरी थप सेयर सर्वसधारणलाई बिक्री गर्ने सरकारले घोषणा गरेको छ।

आगामी वर्षको बजेटबाट सरकारले टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गर्ने तथा सञ्चालनका लागि रणनीतिक साझेदार ल्याउने घोषणा गरिएको छ।

पछिल्लो समय टेलिकम व्यापारमा समस्या देखिन थालेको छ। यस्तो अवस्थामा कम्पनीको क्षमता बढाउनका लागि साझेदार ल्याउने तथा सर्वसाधारणलाई पनि सेयर दिने नीति सरकारले लिएको छ।

तर साझेदार ल्याउने र सेयर बिक्री गर्ने यसअघि नै घोषणा गरिएको थियो तर अहिलेसम्म कार्यान्वयन भएको छैन।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend