शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार रुपैयाँ

काठमाडौं- सरकारले कर्मचारीका लागि महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुर्‍याएको छ। 

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्। यसअघि बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत दुई हजार रुपैयाँ पाउँदै आएका छन्।

कर्मचारीको तलब बढाउन सकिने अवस्था नभएकाले अहिले महँगी भत्ता बढाइएको अर्थमन्त्री पौडेलले उल्लेख गरे। स्रोत व्यवस्थापनमा अहिले कठिनाइ रहेको उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend