मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

वाणिज्य र विकास बैंकसँगै फाइनान्स कम्पनीको पनि फागुनदेखि ब्याजदर बढ्ने, कुनको कति?

images
शुक्रबार, माघ २८ २०७८
images
images
वाणिज्य र विकास बैंकसँगै फाइनान्स कम्पनीको पनि फागुनदेखि ब्याजदर बढ्ने, कुनको कति?
images
images

काठमाडौं- तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंकमा पुग्ने निश्चित भएको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत फागुनमा ब्याजदर बढाउने निर्णय गरेका छन्। नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले फागुनमा ब्याजदर बढाउने निर्णय गरेको छ।

images
images

नेपाल राष्ट्र बैंकको निर्देशनभित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरिएको छ। संघले बैंकहरूले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज लिन पाउनेछन्। संघका अध्यक्ष अनिल उपाध्ययले राष्ट्र बैंकले दिएको म्यान्डेट र परिधिमा रहेर ब्याजदर फागुनदेखि बढ्ने जानकारी दिए। तीन महिना ब्याजदर नबढाए पनि अहिले भने बढाउने दवाव रहेकोसमेत उपाध्ययले बताए। 

images
images

त्यस्तै बचत खाातामा न्यूनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन्। तर बैंकहरूले तोकिएको सीमाभित्र रहेर ब्याजको दर आफूअनुकुल कायम गर्न पाउने समेत भएका छ्न्। बैंकहरूले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने भएका छन्।

images
images
images

विकास बैंक संघको बैठक बसेर पनि ब्याज बढाउने निर्णय गरेका छन्। निर्णयअनुसार क्षेत्रीयस्तरका विकास बैंकहरूको ११.६५ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरूको ११.५५ प्रतिशत पुर्‍याउने निर्णय गरेका छन्।  

फाइनान्स कम्पनी संघले पनि ब्याजदर बढाउने निर्णय गरेका छन्। फाइनान्सहरूले मुद्दतिमा अधिकतम ११.७१ र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend