शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

डाक्टर र नर्सको कोटा वृद्धि गरिने

बिहीबार , जेठ १५ २०८२
डाक्टर र नर्सको कोटा वृद्धि गरिने

स्वास्थ्य क्षेत्रमा जनशक्ति कम हुँदै गइरहेको अवस्थामा सरकारले उक्त व्यवस्था गर्न लागेको हो।

काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यकताअनुसार डाक्टर र नर्सको कोटा बढाउने भएको छ।

बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डाक्टर र नर्सको कोटा वृद्धि गरिने घोषणा गरेका हुन्।

बर्सेनि डाक्टर र नर्सिङ अध्ययनका लागि युवा बाहिरिरहेको भन्दै त्यसलाई रोक्न सरकारले कोटा बढाउने घोषणा गरेको हो।

स्वास्थ्य क्षेत्रमा जनशक्ति कम हुँदै गइरहेको अवस्थामा सरकारले उक्त व्यवस्था गर्न लागेको हो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend