काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै पूर्वाधार मन्त्रालयका लागि उक्त बजेट छुट्याइएको जानकारी गराएका हुन्।
सञ्चालनमा रहेको पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरेको हो।