शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सरकारको घोषणा, कोशी प्रदेशमा भएको थियो असफल

बिहीबार , जेठ १५ २०८२
१४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सरकारको घोषणा, कोशी प्रदेशमा भएको थियो असफल

कोशी सरकारले सफल बनाउन नसकेको कार्यक्रमलाई निरन्तरता दिएका पौडेलले स्वास्थ्य क्षेत्रमा सरकार गम्भीर भएको बताएका छन्।

काठमाडौं- सरकारले १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले बालबालिकाको उपचारमा आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरेका छन्। 

यसअघि कोशी प्रदेश सरकारले सूरु गरेको सो कार्यक्रमलाई संघीय सरकारले सञ्चालन गर्ने भएको हो।

कोशी सरकारले सफल बनाउन नसकेको कार्यक्रमलाई निरन्तरता दिएका पौडेलले स्वास्थ्य क्षेत्रमा सरकार गम्भीर भएको बताएका छन्। 

बालबालिकाको तथ्या‌ंक नभएको र अस्पतालले बिल बढाएर भुक्तानी मागेपछि कोशी सरकारले कार्यक्रमलाई निरन्तरता दिएन। हालसम्म पनि कोशीमा बालबालिकाको उपचार गरेका अस्पतालले सरकारबाट भुक्तानी पाएका छैनन्। त्यही कार्यक्रमलाई केन्द्रमा मन्त्री पौडेलले प्राथमिकताका साथ प्रस्तुत गरेका हुन्।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend