शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट, बक्यौता भुक्तानीका लागि अतिरिक्त व्यवस्था

बिहीबार , जेठ १५ २०८२
स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट, बक्यौता भुक्तानीका लागि अतिरिक्त व्यवस्था

स्वास्थ्य मन्त्रालयले विगतको भुक्तासहितको माग ४० अर्ब गरेको थियो।

काठमाडौं- आगामी वर्षका लागि ४० अर्ब बजेट माग गरिएको स्वास्थ्य बीमा कार्यक्रमका लागि अर्मथन्त्री विष्णु पौडेलले भने १० अर्बमात्र बजेट विनियोजन गरेका छन्।

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरेर अघि बढ्ने र सोहीअनुसार आगामी वर्षका लागि १० अर्ब बजेट विनियोजन गर्दै विगतको बक्यौता भुक्तानीका लागि तेस्रो पक्षबाट परीक्षण गराएर भुक्तानी दिने व्यवस्था मिलाइएको बताएका छन्।

२०७२ सालमा पाइलट परियोजनाका रुपमा केही जिल्लामा सुरू भएको यो नयाँ स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रम अहिले देशभर पुगेको छ। पूर्ण विस्तार नहुँदै यसले सिर्जना गरेको दायित्व भुक्तानीमा समस्या देखिँदै आएको छ। 

स्वास्थ्य मन्त्रालयले विगतको भुक्तासहितको माग ४० अर्ब गरेको थियो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend