शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कोशी टप्पुदेखि सगरमाथासम्म पर्यटन मार्ग बनाइने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
कोशी टप्पुदेखि सगरमाथासम्म पर्यटन मार्ग बनाइने

यसअघि कोशी प्रदेश सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा समेटिएको चतरादेखि सगरमाथासम्मको पर्यटन मार्गलाई संघीय सरकारले समेत समेटेको हो।

काठमाडौं- कोशी टप्पु वन्यजन्तु आरक्षदेखि सर्वोच्च शिखर सगरमाथासम्म पर्यटन मार्ग बनाइने भएको छ।

यसअघि कोशी प्रदेश सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा समेटिएको चतरादेखि सगरमाथासम्मको पर्यटन मार्गलाई संघीय सरकारले समेत समेटेको हो। 

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पर्यटन विकासमा जोड दिएका छन्। कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरिरहेको बेला तमोर नदीमा र्‍याफ्टिङलाई थप व्यवसायिक बनाउँदै साहसिक पर्यटनको विकास गर्ने उनले बताए। 

पुष्पलाल मध्य पहाडी राजमार्गका क्षेत्रमा साहसिक पर्यटनको विकास गर्ने बताएका उनले भद्रपुर र सुकेटार विमानस्थलको स्तरोन्नति गर्ने उल्लेख गरे।

तेह्रथुमको चुहानडाँडा र उदयपुरमा विमानस्थल निर्माणको अध्ययन गर्ने उल्लेख गरेका छन्। नयाँ विमानस्थल बनाउँदा आर्थिक तथा सामाजिक प्रभावलाई गहिरो अध्ययन गर्ने उनको भनाइ छ ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend