काठमाडौं- सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याएको छ।
यसअघि ६८ वर्षको उमेरमा पाउँदै आएको वृद्धभत्ता उमेर बढाएर ७० पुर्याएको हो। सरकारले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ। उमेर घटाएपनि सरकारले वृद्धभत्ताको रकम भने बढाएको छैन।
सम्बन्धविच्छेद भएका र एकल महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।
सबै प्रकारका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब छुट्याइएको छ।