बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

कतारबाट फर्किएका टिका पुन भेडापालनबाट आत्मनिर्भर बन्दै

images
बिहीबार , जेठ १५ २०८२
images
images
कतारबाट फर्किएका टिका पुन भेडापालनबाट आत्मनिर्भर बन्दै

सुरुआतमा ६ लाख लगानीमा १५० वडा भेडा खरिद गरेर घुम्तीगोठ सुरु गरेका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन्। वर्षमा ७० वटासम्म भेडा, साँड, खसी बिक्री हुने गरेको पुनले बताए। वनजंगल र बुकीका जडिबुटी युक्त चरन क्षेत्रमा पालन गरिने भेडा, साँड र खसीको माग अत्यधिक हुने भएकाले बिक्रीका लागि बजारको अभाव हुँदैन्।

images
images

म्याग्दी- म्याग्दीको रघुगंगागाउँपालिका-७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन्। रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेपछि घर फर्किएका ४१ वर्षीय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्यागेका हुन्।

images
images
images

‘मरुभूमिको देशमा काम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिएँ’ उनी भन्छन्, ‘भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु।’

images
images

पुनले विगत १४ वर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आएका छन्। उनलाई भेडीगोठमा उनकै छोरा प्रतिक पुनले सहयोग गरिरहेका छन्। विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लागेका हुन्। गाउँमा परम्परागत रुपमा हुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुगेपनि पुनका बाबु छोराले भेडापालन पेसालाई जोगाएका छन्।

images
images
images

सुरुआतमा ६ लाख लगानीमा १५० वडा भेडा खरिद गरेर घुम्तीगोठ सुरु गरेका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन्। वर्षमा ७० वटासम्म भेडा, साँड, खसी बिक्री हुने गरेको पुनले बताए। वनजंगल र बुकीका जडिबुटी युक्त चरन क्षेत्रमा पालन गरिने भेडा, साँड र खसीको माग अत्यधिक हुने भएकाले बिक्रीका लागि बजारको अभाव हुँदैन्।

खासगरी विभिन्न स्थानहरुमा भाकल पूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ। त्यस्तै दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, व्रतवन्धलगायतका संस्कारजन्य कार्यहरुका लागि खसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले सुनाए। भेडापालनलाई व्यवसायिक र व्यवस्थित गर्न पुनले भेडापालन फर्म नै दर्ता गरेका हुन्।

भेडापालनमा लागेको वर्षौँ भएपनि अहिलेसम्म राज्यबाट कुनै सुविधा नपाएको पुनको गुनासो छ। वार्षिक रुपमा फर्मबाट सरकारलाई कर तिर्देै आएपनि आफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उनले बताए।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउन माग गर्दै आएका छन्। भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र वर्षातमा लेकाली क्षेत्रका बुकीमा त्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता छ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुला आकासमा राख्नुपर्दा वर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन्। पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ। 

चिमखोला गाउँमा टिका पुनसँगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आएका छन्। घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमा गोठ झार्ने गरिन्छ। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend