शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष, भ्रम चिर्न देशैभर भ्रातृ संगठन परिचालन गर्दै

बिहीबार , माघ २७ २०७८
एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष, भ्रम चिर्न देशैभर भ्रातृ संगठन परिचालन गर्दै

काठमाडौं- नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको हो। बैठकले एमसीसी बारेको भ्रम चिर्न पार्टीका सबै भ्रातृ संस्थाहरूलाई परिचालन गर्ने निर्णय समेत गरेको कांग्रेस नेता शशांक कोइरालाले जानकारी दिए। 

बैठकमा पूर्वअर्थमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताएका थिए। कार्य सम्पादनमा पार्टी सभापति शेर बहादुर देउवा, उपसभापति, महामन्त्री सहित ४६ जना नेता सदस्य रहेका छन्। 


प्रकाशित : बिहीबार , माघ २७ २०७८११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend