काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार र बिहीबार लगातार बढेको सुनको मूल्य शुक्रबार तोलामा ११ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँ कायम छ।
यो साता बुधबार सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको थियो भने बिहीबार एक हजार ७ सयले बढेर सुन प्रतितोला एक लाख ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला २० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।
बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भएको थियो।