शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको अधिकतम थोक मूल्य

बुधबार, जेठ ७ २०८२
यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको अधिकतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलवार) का लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आज तोकिएको मूल्य अनुसार तरकारी, फलफूल, मसला, सागपातदेखि ताजा माछासम्मको दर निर्धारण गरिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलवार) का लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आज तोकिएको मूल्य अनुसार तरकारी, फलफूल, मसला, सागपातदेखि ताजा माछासम्मको दर निर्धारण गरिएको छ।

गोलभेँडाको मूल्यमा विभिन्नता देखिएको छ। स्थानीय सानो टनेल गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा सर्वाधिक महँगो देखिएको छ भने भारतीय ठूलो गोलभेँडा ६० रुपैयाँमा तोकिएको छ। अन्य तरकारीमध्ये आलु रातो (नेपाली) ४० र (भारतीय) ३८ रुपैयाँमा, प्याज (भारतीय) ३८ रुपैयाँमा, गाजर (तराई) ३० र (लोकल) ५० रुपैयाँमा, बन्दाकोबी १५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

अन्य प्रमुख तरकारीमध्ये काउली ३०, मूला सेतो (लोकल) १५, भन्टा २५–३०, बोडी ५०–७०, लौका २०, परबर ६०, चिचिण्डो ३५, घिरौंला ४०, झिगुनी ६०, भिण्डी २५, फर्सी २०–५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने मूल्य निर्धारण गरिएको छ।

सागपाततर्फ पालुङ्गो, तोरी र चमसुरको साग ६०–८० रुपैयाँमा तोकिएको छ। मेथीको साग १००, रायो साग ५०, च्याउ कन्य १६०, डल्ले ३०० र कुरिलो प्रतिकिलो ७०० रुपैयाँमा सर्वाधिक महँगो सूचीमा परेको छ।

फलफूलमा स्याउ फूजी प्रतिकिलो ३००, अनार ३५०, कालो अङ्गुर ३५०, किबी ४६०, आभोकाडो ६३० रुपैयाँसम्म प्रतिकिलो मूल्य तोकिएको छ। तरबुजा ४०, केरा (दर्जन) १५० र कागती प्रतिकिलो २४५ रुपैयाँमा तोकिएको छ।

मसला र विशेष उपजतर्फ अदुवा १२०, खुर्सानी (अकबरे) ३५०, (सुकेको) ४२०, (हरियो) ७०, लसुन (नेपाली) २००, (चाइनिज) ३००, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

माछा पनि थोक बजारमा उपलब्ध छ। ताजा माछा (रहु) ३२०, (बचुवा) २६०, (छडी) २४० र राजा च्याउ ३००, सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य निर्धारण गरिएको छ।

कालीमाटी बजार विकास समितिले दैनिक रूपमा कृषिउपजहरूको थोक मूल्य निर्धारण गर्दै सार्वजनिक गर्ने गर्छ। उपभोक्ताहरूका लागि यी मूल्यहरू थोकमा किनमेल गर्न सन्दर्भबिन्दुका रूपमा प्रयोग हुने गरेका छन्। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend