मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

ब्ल्याकभ्यू ट्याब मेगा २ नेपाली बजारमा सार्वजनिक

images
मंगलबार, जेठ ६ २०८२
images
ब्ल्याकभ्यू ट्याब मेगा २ नेपाली बजारमा सार्वजनिक
images
images

काठमाडौं- प्रविधि कम्पनी ब्ल्याकभ्यूले नेपाली बजारमा नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक गरेको छ। 

images
images
images

ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले दिइएको छ, जसले १२०० x २००० पिक्सेलको रिजोलुसन र ६० हर्ट्जको रिफ्रेस रेट सपोर्ट गर्छ। युनिसक टाइगर टी६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित यस उपकरणमा ८ जीबी वा १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज विकल्प उपलब्ध छन्। आवश्यकता अनुसार स्टोरेज २ टेराबाइटसम्म विस्तार गर्न सकिने सुविधा पनि छ।

images
images

शक्तिशाली ९,००० एमएएच क्षमताको ब्याट्रीसहित आएको ट्याब्लेटले १८ वाट फास्ट चार्जिङ समर्थन गर्छ। क्यामेरातर्फ, यसमा १६ मेगापिक्सेल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको छ।

images
images

प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउन ट्याब्लेटमा एन्ड्रोइड १५ मा आधारित डोक ओएस ५.० प्रयोग गरिएको छ। साथै, डुअल-बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट (अनलाइन स्ट्रिमिङका लागि), र डुअल ४जी सिम स्लटको सुविधा समेत दिइएको छ।

नेपालमा ब्ल्याकभ्यू ट्याब मेगा २ को मूल्य ३१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

 


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend