शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अटोमोबाइल इतिहासको मानक टोयोटा ‘कोरोला’

५५ वर्षमा विश्वभर ५ करोड वटा बिक्री, कम थिएन नेपालमा उपस्थिति 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
अटोमोबाइल इतिहासको मानक टोयोटा ‘कोरोला’

सन् १९६६ मा टोयोटाले पहिलोपटक कोरोला उत्पादन गरेको थियो। त्यसयता टोयोटाले ५ करोड वटा बिक्री गरेकाे छ।

काठमाडौं- कुनै समय टोयोटा कोरोला नेपाली बजारमा सबैभन्दा बिक्री हुने र धेरैको रोजाइमा पर्ने कार थियो। कोरोला नेपालीको मात्र होइन विश्वको लाखौं लाख कार प्रेमीको रोजाइमा छ। 

नेपालमा कोरोला पछिल्लो केही वर्षयता आयात नै हुन छाडेको छ। तर विश्व बजारमा भने कोरोलाको माग आजपर्यन्त उस्तै छ। त्यसैले त टोयोटा कोरोलाले बिक्री संख्यामा अटोमोबाइल इतिहास कायम गरेको छ। 

सन् १९६६ मा टोयोटाले पहिलोपटक कोरोला उत्पादन गरेको थियो। त्यसयता टोयोटाले ५ करोड वटा बिक्री गरेकाे छ। एउटै नेमप्लेटमा यती ठूलो संख्यामा बिक्री हुने कार कोरोनाले आफ्नो दर्ता गराएको छ।

विश्वकै ठूलो कार उत्पादक कम्पनी टोयोटाले कोरोलाको १२औं जेनेरेसन २०१९ मा सार्वजनिक गरिसकेको छ। 

अमेरिकी कार उत्पादक फोर्डको फोर्ड एफ सिरिज ४ करोड वटा बिक्री भएको छ। फक्सवागनको गल्फ ३ करोड वटा बिक्री भएको तथ्यांक छ। 

तर टोयोटा कोरोलाको सर्वाविक बिक्री संख्याको रेकर्ड त्यसपछि धेरै बिक्री हुने कारले भेट्ने अझै लामो समय कुर्नुपर्ने छ। 

corolla new.jpg

१२औं जेनेरेसनसम्म निरन्तर उत्पादन भइरहेको टोयोटा कोरोला उपभोक्ताबाट समेत अनवरत माग हुँदै आएको छ। 

टोयोटा कोरोलामा १.८ लिटर एल फोर इन्जिन जडान गरिएको छ। जसले ६१ सय सय आरपीएममा १ सय ३९ एचपी पावर उत्पादन गर्छ। टोयोटा कोरोला सेडान कार हो। 

टोयोटा कोरोला संसारका अधिकांश देशमा बिक्री हुँदै आएको छ। भारतीय बजारमा समेत कोरोला निक्कै लोकप्रिय रहेको छ। नेपाली बजारमा पनि ४०-५० को दशकमा टोयोटा कोरोला कार निक्कै लोकप्रिय थियो।

उक्त समसमा नेपालमा ट्याक्सी समेत कोरोना नै थियो। त्यतिबेला कयौं भारतीयहरु विशाल बजारमा सपिङ गर्न र कोरोला ट्याक्सी चढ्ने नेपाल आउने गरेका थिए। 

विगतमा उल्लेख्य संख्यामा बिक्री हुँदै आएको कोरोला पछिल्लो ४\५ वर्षयता आयात हुन सकेको छैन। नेपाली बजारमा सेडान कारको बिक्री कम हुँदै गएको, कोरोलाभन्दा कम मूल्यका सेडान कार प्रतिस्पर्धी भएका कारण कोरोलाको माग न्यून भएको हो।

त्यही कारण टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेसन अन्तर्गतको युनाइटेड सिन्डिकेटले कोरोलाको आयात नगरेको हो। 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१२:५८
  • सम्बन्धित विषय:

  • # टाेयाेटा काेराेला
  • # काेराेला ५ कराेड
  • # काेराेला
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend