मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

औद्योगिकीकरणतर्फ फड्को मार्दै इलाम : चिया उद्योगमात्रै दुई सयभन्दा बढी, बर्सेनि चार अर्बको अलैँची निर्यात

images
मंगलबार, जेठ ६ २०८२
images
औद्योगिकीकरणतर्फ फड्को मार्दै इलाम : चिया उद्योगमात्रै दुई सयभन्दा बढी, बर्सेनि चार अर्बको अलैँची निर्यात

नेपालकै पुरानो उद्योगसमेत इलाममा नै रहेको छ। १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ।

images
images

इलाम- चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ। जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो। नेपालकै पुरानो उद्योगसमेत इलाममा नै रहेको छ। १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ।

images
images
images

कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको देखिन्छ। कृषिमा चियादेखि किबी, सुन्तला, अलैँची, अदुवा, दूधजन्य वस्तु यहाँ उत्पादन हुने गर्दछ। इलाममा चिया प्रशोधन र तयार गर्ने सयौँ उद्योग छन्। यहाँ उत्पादित चिया नेपालका विभिन्न क्षेत्रसहित भारत र तेस्रो मुलुक निर्यात हुँदै आएको छ। उत्पादन भएका वस्तु प्रशोधन गर्ने उद्योग स्थापना गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ।

images
images

जिल्लामा हालसम्म चार हजार ५ सय ६२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ। यहाँ कृषि तथा वन पैदावारमा आधारित दुई हजार ४ सय ५० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी किरण कार्कीले जानकारी दिए। उनका अनुसार सेवामूलक एक हजार ३ सय ९ र उत्पादनमूलक ४ सय ६७ उद्योग दर्ता भएका छन्। यस्तै पर्यटनतर्फ ३ सय २५, सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रविधिमा आधारित ६ वटा, ऊर्जामूलक चार र खनिजतर्फ एउटा उद्योग दर्ता भएका छन्।

images
images

इलाममा सञ्चालन भएर पनि धेरै उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छैनन्। यहाँ उत्पादन भइरहेका ऊर्जामूलक अर्थात् जलविद्युत् आयोजनाहरु कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा दर्ता भएर सञ्चालन भइरहेका छन् भने चारवटा आयोजना मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको पाइएको छ। इलाममा चारवटा नदीमा २० भन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन्।

सबै चियाका उद्योगसमेत यहाँ दर्ता भएका छैनन्। घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा ६५ वटा मात्र उद्योग दर्ता भएको तथ्यांक छ। जबकि कम्पनी रजिस्ट्रारको कार्यालयमा इलामका लागि भनेर एक हजार १४ उद्योग दर्ता भएका छन्।

जिल्लामा दुई सयभन्दा बढी चियाका उद्योग सञ्चालनमा रहेको अनुमान छ। सबै पालिकामा चिया उत्पादन हुन्छ। इलाममा राम्रो अलैँची उत्पादन हुने भए पनि प्रशोधन गर्ने कुनै उद्योग छैन। नेपालमा उत्पादन हुने अलैँची भारत भएर विभिन्न मुलुकमा निर्यात हुने गर्दछ।

अलैँची जिल्लामै यसको राम्रो प्रशोधन गर्ने उद्योग भएको भए निकै राम्रो मूल्य पाउन सकिने किसानहरु बताउँछन्। भारतीय व्यापारीको मूल्यमा आफूहरुले अलैँची बिक्री गर्नुपरेको उनीहरुको भनाइ छ। औषधीय गुण भएको अलैँचीको उपयोग मसलाका रुपमा मात्र नभइ अत्तरसमेत निर्माण हुने गर्दछ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि चार अर्ब १५ करोड रूपैयाँ बराबरको अलैँची भारत निर्यात भइरहेको छ। चालु आर्थिक वर्ष २०८१८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिकटन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो। आव २०८८१ मा एक हजार ५२५.९६ मेट्रिकटन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ।

यहाँबाट प्रशोधन नभइ अदुवासमेत निर्यात हुने गरेको छ भने यहाँको कुचो पनि कच्चा सामग्रीकै रुपमा निर्यात हुने गरेको छ। इलाममा उत्पादित वस्तु पूर्वी नाका भएर विदेश जाने गरेको छ। मेची भन्सार कार्यालयबाट अलैँची, चिया र अदुवा मात्रै रु ४९ अर्ब बराबरको निर्यात भएको जनाइएको छ।

कार्यालयबाट आव २०७६७७ देखि गत आव २०८०८१ सम्म ४९ अर्ब ५० लाख ३५ हजार रूपैयाँ बराबरको अलैँची, चिया र अदुवा निर्यात भएको बताइएको छ। सबैभन्दा बढी तीन करोड ३७ लाख ६३ हजार किलोग्राम अलैँची भारत निकासी हुँदा ३२ अर्ब दुई करोड ८५ लाख ६५ हजार रूपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको कार्यालयले जनाएको छ। 

पाँच आर्थिक वर्षमा सोही नाकाबाट ६ करोड २१ लाख ८३ हजार ४०४ किलोग्राम चिया निर्यात भएको उल्लेख छ। यसबाट १४ अर्ब ९१ करोड ८७ लाख ३४ हजार रूपैयाँ नेपाल भित्रिएको छ। यस्तै, सो अवधिमा चार करोड १७ लाख ९७ हजार ७७० किलो अदुवा निर्यात भइ दुई अर्ब पाँच करोड ७७ लाख ३६ हजार रूपैयाँ विदेशी मुद्रा आर्जन भएको छ।

इलाममा मात्र कुल ७८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले जानकारी दिए। उजका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिकटन उत्पादन भएको थियो। किबीलाई यहाँ केही किसान आफैले घरायसी मदिरा बनाउने गरेका छन्।

किबीबाट जुस, जाम अचारलगायत अन्य थुप्रै वस्तु निर्माण गर्न सकिने भए पनि यससम्बन्धी उद्योग स्थापना नहुँदा किसानले मूल्य पाएका छैनन्। कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनमा पनि जिल्लाका कृषिजन्य वस्तुको प्रशोधनसम्बन्धी ठोस प्रस्ताव परेको छैन। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend