आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

ड्रिमल्याण्ड होटल र ह्याप्पी आवर क्यासिनो पनि बन्द गर्न परिपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
ड्रिमल्याण्ड होटल र ह्याप्पी आवर क्यासिनो पनि बन्द गर्न परिपत्र
images
images

काठमाडौं-नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनो पनि बन्द गर्न पर्यटन विभागले परिपत्र गरेको छ। क्यासिनोले ३८ करोड भन्दा बढी रोयल्टी नतिरेको भन्दै बन्द गर्न र सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधानकार्यालय नक्साललाई पत्र समेत काटेको छ।  

images
images
images

नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा रहेकोले बन्द गराई कारबाही गर्न पत्र काटिएको छ।

images
images

क्यासिनोले २०७६/०७७ सम्मको बाँकी बक्यौता २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर २०७८/७९ को रोयल्टी तथा नवीकरण दस्तुर समेत गरी जम्मा ३८ करोड १० लाख ४५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ।  ड्रिमल्यान्ड होटलले वर्गिकरणको इजाजत समेत नलिएकोले होटल समेत बन्द गर्न विभागले परिपत्र गरेको छ। 

images
images
happy hour.jpg

 


प्रकाशित : बिहीबार , माघ २७ २०७८०२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend