आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

दीपक माविका विद्यार्थी : पढ्दै च्याउखेती गर्न सिक्दै

images
आइतबार, जेठ ४ २०८२
images
दीपक माविका विद्यार्थी : पढ्दै च्याउखेती गर्न सिक्दै

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगानाले जानकारी दिए।

images
images

म्याग्दी- बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन्। कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन्।

images
images
images

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगानाले जानकारी दिए।

images
images

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आइतबार बिहान पकाएर १ सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बीउसहित विद्यालयको हाल प्रयोगविहीन पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका छन्।

images
images

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ। विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउखेती प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिएकी हुन्।

‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत दीपक माविका ४६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा भित्तेलेखन र आव २०७९/८० मा वायरिङसम्बन्धी तालिम दिइएको थियो। चालु आर्थिक वर्षमा दीपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ।

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख शुरत केसीले बताउँछन्। कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई १ लाख सहयोग गरेको छ। दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend