शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

कोशी प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु

images
आइतबार, जेठ ४ २०८२
images
images
कोशी प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने कार्य सूची छ।

images
images

विराटनगर- कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। कोशी प्रदेशसभा सचिवालयका कार्यबाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएका छन्। 

images
images
images

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने कार्य सूची छ।

images
images

उक्त अध्यादेश माथी सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ।

images
images
images

यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए। रासस 


प्रकाशित : आइतबार, जेठ ४ २०८२११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend