शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

‘एक घर एक धारा’ कार्यक्रमले बतेनीटार, साउनेपानी र कवादी गाउँमा ल्याएको खुसी

images
शनिबार, जेठ ३ २०८२
images
‘एक घर एक धारा’ कार्यक्रमले बतेनीटार, साउनेपानी र कवादी गाउँमा ल्याएको खुसी

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन्। घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ।

images
images

तनहुँ- जिल्लाको म्याग्दे गाउँपालिका-५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ। संघीय सरकारको ३ करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन्।

images
images
images

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन्। घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ।

images
images

खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाइन्।उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाकाअनुसार उक्त आयोजना अन्तर्गत ३ वटा मुहानबाट पानी संकलन गर्न ३ वटा ट्यांकी निर्माण गरिएको छ।

images
images

तीमध्ये दुईवटा ५०-५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्यांकी रहेका छन्। आयोजना पूरा भएसँगै करिब ९०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन्। म्याग्दे-५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए।

उनकाअनुसार अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ। जसले आम्दानी बढाउन सहयोग पुगेको छ। विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन्।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय, प्रदेशर स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए। खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमाकाम गरिरहेको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, जेठ ३ २०८२१६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend