शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

images
शनिबार, जेठ ३ २०८२
images
खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इन्जिनियर सुमन बोगटीले जानकारी दिए। आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images
images

म्याग्दी- नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका-५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ। खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो।

images
images
images

गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इन्जिनियर सुमन बोगटीले जानकारी दिए। आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images
images

समुद्र सतहबाट ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदुर त्यहीँ बास बसेका छन्। गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए।

images
images

‘वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन्’ उनले भने, ‘हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ।’  गत वर्ष प्रदेश सरकारको २० लाखरुपैयाँको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो।

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ। खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ। गुराँसको जंगलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो।

अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ। पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो। रासस


प्रकाशित : शनिबार, जेठ ३ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend