शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकीले ल्यायो नयाँ अफर ‘वर्कसप अन ह्वील’

बुधबार, माघ २६ २०७८
सुजुकीले ल्यायो नयाँ अफर ‘वर्कसप अन ह्वील’

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकका लागि नयाँ अफर ल्याएको छ। कम्पनीले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको हो। 

स्मार्ट वो वर्कसपको नयाँ पहलमा सुजुकी ग्राहकले घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने छन्। कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन्। जसमा सामान्य सर्भिस, मर्मत तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्ने छन्। 

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ अनुसार नयाँ पहलबाट सुजुकीका ग्राहकले उत्कृष्ट सेवा पाउने छन्। ‘यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ,’ उनले भने, ‘नयाँ सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ।’ 

यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्द रहेको र चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्द हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २६ २०७८०९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend