बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

images
बिहीबार , जेठ १ २०८२
images
रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

नेपाली कांग्रेसका सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताएकी हुन्।

images
images

काठमाडौं- शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताएकी हुन्।

images
images
images

विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा चामल, कोदो, आलुलगायतको रैथाने उत्पादनका परिकार खाजाको रूपमा व्यवस्था लागू गर्नुपर्नेमा उनकाे जोड छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद शान्ति चौधरीले वर्षायाम सुरु हुन लागेकाले देशैभरका निर्माणाधीन सडक समयमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनको माग गिरन्।

images
images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसँगै विद्युतमा समस्या देखिएकाले सरकाकरको ध्यानाकर्षण गराए। एमालेकी सांसद सुनिता बरालले भोलिदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्त्विजस्ता महत्त्वपूर्ण विषयवस्तु समेटिएको बताइन्।

images
images

यसले नेपाललाई विचार विमर्श र समस्या समाधानका केन्द्रको रूपमा चिनाउने अवसर प्रदान गरेको उनकाे भनाइ छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले घोकन्ते विद्यालाई भन्दा व्यावहारिक विद्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।

कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम तौलिहवाका विभिन्न स्थानमा सडक जीर्ण रहेकाले त्यहाँका स्थानीयवासीले वर्षौँदेखि कष्ट भोगिरहेको बताए। यस विषयमा सरकारले ध्यान दिनुपर्ने उनकाे माग थियो। कांग्रेसकी सांसद सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाई करमा विभेद गर्नु नहुने बताएकी छन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend