बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

झापाको पुँजीगत खर्च ४२ प्रतिशत

images
बिहीबार , जेठ १ २०८२
images
झापाको पुँजीगत खर्च ४२ प्रतिशत

पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकाे थियाे। वैशाखसम्ममा ४ अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ।

images
images

झापा- जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव  ५६ प्रतिशत भएको छ।

images
images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकाे थियाे। वैशाखसम्ममा ४ अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ।

images
images

‘चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाख रुपैयाँमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ’ उनले भने।

images
images

कार्यालयको तथ्यांकअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार रुपैयाँ खर्च भएको छ। चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख ७ हजार २३ रुपैयाँ राजस्व संकलन भएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend