शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आज अन्तरराष्ट्रिय परिवार दिवस : 'दिगो विकासका लागि परिवारमुखी नीति' नारासहित मनाइँदै

बिहीबार , जेठ १ २०८२
आज अन्तरराष्ट्रिय परिवार दिवस : 'दिगो विकासका लागि परिवारमुखी नीति' नारासहित मनाइँदै

परिवारसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज विश्वभर अन्तरराष्ट्रिय परिवार दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको नाराः ‘दिगो विकासका लागि परिवारमुखी नीति’ रहेको छ।

काठमाडौं- परिवारसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज विश्वभर अन्तरराष्ट्रिय परिवार दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको नाराः ‘दिगो विकासका लागि परिवारमुखी नीति’ रहेको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो दिवसले परिवारहरूको सशक्तीकरण, सामाजिक समावेशिता, गरिबी न्यूनीकरण, भेदभाव र दुव्र्यवहारको अन्त्य तथा वातावरणीय विनाश रोक्ने विषयमा चेतना फैलाउने उद्देश्य लिएको छ।

सन् १९८० को दशकदेखि नै राष्ट्रसङ्घले विकास प्रक्रियामा परिवारको महत्वबारे ध्यान केन्द्रित गर्न थालेको हो। १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले ‘विकास प्रक्रियामा परिवारहरूको भूमिका’ विषयवस्तुलाई महासभासमक्ष प्रस्तुत गरेपछि, सन् १९८९ डिसेम्बर ९ मा महासभाले अन्तरराष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् १९९३ मा राष्ट्रसङ्घ महासभाले प्रत्येक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसको रूपमा मनाउने निर्णय गरेको हो।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घीय प्रधान कार्यालय न्यूयोर्कमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। यसैबीच राष्ट्रसङ्घले आगामी नोभेम्बर २०२५ मा कतारमा आयोजना हुन लागेको 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' मा परिवारमुखी नीतिबारे गम्भीर छलफल हुने जनाएको छ। सम्मेलनले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न परिवारको भूमिकालाई केन्द्रमा राख्नेछ।

राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रहरूले सन् २०१५ सेप्टेम्बर २५ मा दिगो विकास लक्ष्य हासिल गर्न आपसी सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए।

आजको दिवसले राज्य, समाज तथा नीति निर्माताहरूलाई परिवारकेन्द्रित नीतिहरूको आवश्यकता र महत्त्वबारे पुनः सोच्न प्रेरणा दिने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend