शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य घट्यो

बिहीबार , जेठ १ २०८२
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि सार्वजनिक गरेको अधिकतम थोक मूल्य अनुसार काठमाडौँ उपत्यकामा अधिकांश सागसब्जी र फलफूलको थोक मूल्य घटेको देखिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि सार्वजनिक गरेको अधिकतम थोक मूल्य अनुसार काठमाडौँ उपत्यकामा अधिकांश सागसब्जी र फलफूलको थोक मूल्य घटेको देखिएको छ। उपत्यका तथा तराईका उत्पादन क्षेत्रहरूमा मौसमी तरकारीको आपूर्ति बढेसँगै बजारमा मूल्य घटेको हो।

समितिका अनुसार गोलभेँडा सानो (लोकल) को थोक मूल्य हिजोको ८५ रुपैयाँबाट घटेर आज ५५ रुपैयाँमा झरेको छ। त्यस्तै, गोलभेँडा (भारतीय) ७० रुपैयाँबाट घटेर ४५ रुपैयाँमा झरेको छ। टनेलमा उत्पादन भएको सानो गोलभेँडा आज ६० रुपैयाँमा थोक बजारमा कारोबार भएको छ।

तरकारीतर्फ आलु रातो (स्थानीय र भारतीय) दुबैको मूल्य ३८ रुपैयाँमा स्थिर रहेको छ। प्याज सुकेको (भारतीय) पनि यही मूल्यमा कायम छ। गाजर (तराई) ३० रुपैयाँमै रहे पनि स्थानीय गाजर ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ। बन्दा (लोकल) १५ रुपैयाँमा झरेको छ भने काउली (स्थानीय) ५० रुपैयाँमा कायम छ।

थप रूपमा, मूला सेतो (लोकल) २०, हाइब्रिड मूला ३०, भन्टा लाम्चो ३५, भन्टा डल्लो ५०, तने बोडी ६० र मकै बोडी ८० रुपैयाँमा बिक्री भइरहेको समितिको सूचीमा उल्लेख छ। भिण्डी ३५, झिगुनी ८०, फर्सी (हरियो लाम्चो) ६०, डल्लो फर्सी २५ र चिचिण्डो ४० रुपैयाँमा उपलब्ध छ।

सागको हकमा पालुङ्गो, मेथी, चमसुर लगायतका सागहरू ८० रुपैयाँ, रायो साग ६०, तोरीको साग ३५ र प्याज हरियो ५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) को थोक मूल्य ३४० रुपैयाँ, स्याउ (झोले) २५०, केरा (दर्जन) १६०, अनार ३५०, अङ्गुर (कालो) ३५०, अङ्गुर (हरियो) २००, कागती २७०, तरबुजा ५०, र जुनार २०० रुपैयाँमा बिक्री भइरहेको छ।

काँक्रो (लोकल) ५० र हाइब्रिड काँक्रो ३० रुपैयाँमा उपलब्ध छ। किबीको मूल्य ४६० र आभोकाडो ५८० रुपैयाँमा तोकिएको छ।

मसला तथा अन्य सामग्रीतर्फ अदुवा १२०, लसुन (नेपाली) २००, लसुन (चाइनिज) ३००, हरियो खुर्सानी (बुलेट) ९८, माछे खुर्सानी ५०, अकबरे खुर्सानी ४००, हरियो धनियाँ ८०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। ताजा माछा (रहु) ३२०, (बचुवा) २६० र (छडी) २४० रुपैयाँमा उपलब्ध छन्।

कालीमाटी बजारमा दैनिकरूपमा मूल्य निर्धारण समितिद्वारा तयार पारिएको अधिकतम थोक मूल्य सूची सार्वजनिक गरिन्छ, जसमा उपभोक्तालाई पारदर्शी मूल्य जानकारी उपलब्ध गराउने उद्देश्य राखिएको छ। मूल्यमा दैनिक हुने घटबढ आपूर्ति, माग र मौसमी अवस्थासँग सम्बन्धित हुन्छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend